चट्याङले लागेर मोरङमा एक जनाको मृत्यु
मोरङ-चट्याङले लागेर मोरङको बेलबारी नगरपालिका–५ कसेनी स्थित एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुुसार मृत्यु हुनेमा स्थानिय ३८ वर्षीय मनिराम चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए।उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको हो ।