Connect with us
Kapilvast Forest

२४ घण्टामा ५ हजार १५३ जना सङ्क्रमित थपिए

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

corona ncn

काठमाडौं-पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना सङ्क्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना सङ्क्रमित थपिएका हुन् ।

योसँगै नेपालमा पीसीआर विधिबाट कूल सङ्क्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९४४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नयाँ सङ्क्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय सङ्क्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । हाल सक्रिय सङ्क्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ६ हजार ५७० जना निको भएका छन्।

हालसम्म ५ लाख ४ हजार ५३० जना सङ्क्रमण मुक्त भइसकेका छन्। नेपालमा निको हुने दर बढेर ८४ दशमलब ७ प्रतिशत पुगेको छ ।कोभिड–१९ को सङ्क्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट ८ हजार ९८ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १ दशमलब ६ प्रतिशत रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu