Connect with us
Kapilvast Forest

मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने ओली पक्षका सात सांसदलाई २४ घण्टे स्पष्टीकरण

२०७८, २६ जेष्ठ बुधबारमा प्रकाशित

sudur paschim

धनगढी – मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सात प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।

एमाले सुदूरपश्चिम संसदीय दलले मंगलबार मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै सात प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप उलंघन गर्ने प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहोरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोध्नु भएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नआए दलको विधान अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

अध्यक्ष ओली पक्षले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। खनाल–नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रका भट्टलाई विश्वासको मत दिएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu