Connect with us
Kapilvast Forest

मल, धानको बीउ र राहत बितरण गर्न वडाअध्यक्ष गैरैको माग

२०७८, २७ जेष्ठ बिहीबारमा प्रकाशित

कपिलवस्तु-मल धानको बीउ सिँचाईको अभावको अभावमा कृषकहरु छटपाईरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरले सरकारले मल उन्नत जातको धानको बीउ र सिंचाईको व्यवस्था गर्न सरकारसंग माग गर्नु भएको छ । अन्न भन्डारकारुपमा रहेको कपिलस्तुमा मल र सिंचाई नहुदा कृषकहरु चरम मारमा परेकोले अब सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था गर्न उनले जोडदार माग गरेका हुन .‘ कपिलवस्तुमा मल उन्नत जातको धानको बीउ र सिचाईृ नहुदा कृषकहरु समस्यामा परेका छन ’ उहाँले भन्नुभयो ‘ तर सरकारले अनेक बाहाना गरेर कृषकहरुलाइृ झुक्काइृरहेको छ ’ ।

धानको रोपाईको सिजन सूरु हुन लागकोले युरिया र डिएपी मल र पानी चाहिएको बेला कृषकहरु त्यसबाट बंचित हुनु परेको उहाँले बताउनुभयो । सिमित अनुदानको मलमा कृषि सहकारी कै हालीमुहाली रहेको र केही कृषकहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा समेत सुरक्षाकर्मीले दुःख दिने गरेको उहाँले बताउनुभयो ।

उहाँले जिल्लामाम उन्नत जातको धानको बीउको अभाव भएको र जारी निषेधाज्ञाले गर्दा कृषहरु समस्यामा परकोले प्रशासन कार्यालय समेत यो बिषयमा गंभीर हुनु पर्ने उनले बताए ।कृषि क्रान्तिको नारा दिने वर्तमान दुइृ तिहाईको सरकारले कृषकको भावना माथी चोट पुर्याएको बताउनुभयो । उहाँले कृषकहरुलाई तत्कालै मल उपलब्ध गराउनु पर्नेर अन्यथा कृषकहरु आन्दोलनमा उत्रनुको बिकल्प नरहेको उनले बताए । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ ।

र त्यसकालागि अहिले १० हजार बढी युरिया मल चाहिने कृषकहरु बताउछन । उता एका महिला भन्दा लामो लकडाउनले दैनिक ज्याला मजदुरु गरी गरी पेट पाल्दै आएका मजदुरहरुलाई तत्कालै राहत उपलब्ध गराउनु पर्ने उनले माग गरेका छन । आफुले वास्तविक पीडीतहरुलाई राहत उपलबध गराउन लागी परको भन्दै संघीय, प्रदेश र स्थानीय सरकारले पनि राहतकालागि चाडो कदम चाल्न उनले अपील गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj