Connect with us
Kapilvast Forest

बादल पत्नी नैनकला सञ्चारमन्त्री

२०७८, २७ जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्नुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।

एमाले स्रोतका अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको एक नेताले बताउनुभयो ।

स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशले ६ जेठमा पदमुक्त भएका पूर्व माओवादी खेमाका ७ मन्त्रीले पुनःनियुक्ति होस् भन्ने चाहेका थिए ।

तर अदालतको आदेशका कारण सम्भव नभएको बताएपछि नैनकलाको नाम छलफलमा आएको थियो । ‘हामीले हाम्रो पुननियुक्ति हुँदैन भने म्याडमलाई मन्त्री बनाउनुपर्छ । हाम्रो लिगेसी रहन्छ भनेका थियौं,’ एक पूर्वमन्त्री भन्नुुभयो , ‘म्याडमले म कहाँ मन्त्री बन्नु भन्नु भएको थियो । अहिले आएर उहाँलाई नै बनाउनुप¥यो ।’

कृषिमन्त्री नियुक्त भएकी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त हुनुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu