Connect with us
Kapilvast Forest

अदालतको फैसला आयोजक कमिटीसँग सम्बन्धित छैन:मुख्यमन्त्री पोखरेल

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौँ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसला महाधिवेशन आयोजक कमिटीसँग सम्बन्धित नभएको बताउनुभएको छ । शुक्रबार बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री पोखरेलले उक्त दाबी गर्नु भएको छ ।

मुख्यमन्त्री पोखरेलले कर्णाली प्रदेशका चारजना प्रदेश सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चले दिएको फैसला एमालेको आयोजक कमिटीसँग सम्बन्धित नरहेको दाबी गर्नु भएको हो ।

एमालेको १० औं महाधिवेशन आयोजक कमिटी अवैध भनेर चर्चा चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले यस्तो दाबी गर्नु भएको हो । आयोजक कमिटी गठन हुनुपूर्व नै केन्द्रीय कमिटीको बैठकले बादलसहितका नेताहरुलाई कमिटीमा समावेश गरेको भन्दै अदालतको निर्णय त्यससँग सम्बन्धित नभएको मुख्यमन्त्री पोखरेलको भनाई छ ।

आयोजक कमिटी गठन हुनुपूर्व नै केकको वैठकले वादल सहितका कमरेडहरुलाई केकमा समावेश गरेको हो । अदालतको निर्णय त्यससंग सम्वन्धित छैन।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu