Connect with us
Kapilvast Forest

श्रम स्वीकृति हप्तामा दुई दिन

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

shram swikrti

 

काठमाडौँ- वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । यसअघि प्रत्येक बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गर्ने सो कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रूपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो ।

गएको जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै सो कार्यालयले पनि व्यक्तिगत श्रम स्वीकृति कार्यालयमा भौतिक रूपमा उपस्थित भएर प्रदान गर्न थालेको हो तर

यो सेवा यसअघि बायोमेट्रिक नभएका व्यक्तिका लागि मात्र रहेको जनाइएको छ ।बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभई अनलाइनबाटै श्रम स्वीकृति लिनसक्ने व्यक्तिले अनलाइनबाटै पनि सेवा लिन सक्छन् । अनलाइनबाटै हुने कामका लागि कार्यालयमा उपस्थित नहुनसमेत विज्ञप्तिमार्फत सो कार्यालयले आग्रह गरेको छ ।

यसैबीच वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेका लागि दिइने अभिमुखीकरण तालिम स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

पछिल्लो समय कतारलगायत टर्की र चीनका लागि अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । योसँगै वैदेशिक रोजगारीमा जानेका लागि स्वास्थ्य मापदण्ड अपनाएर मात्रै तालिम दिन अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई विभागले निर्देशन दिएको हो ।
विभागले इजाजत प्राप्त संस्थाले नै स्वास्थ्य मापदण्ड पालना नगरी तालिम सञ्चालन गरिरहेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डका निर्देशनको पालना गरे वा नगरेको विषयमा विभागले थप निगरानी गरिरहेको भन्दै निर्देशनको पालना गर्न तालिम प्रदायक संस्थालाई सचेतसमेत गराएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu