Connect with us
Kapilvast Forest

दैनिक पाँच सय नेपाल भित्रन्छन्, तीन सय भारत जान्छन्

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

 

नेपालगञ्ज-भारतमा कोरोना भाइरसको संक्रमण समाप्त नहुँदै रोजगारीका लागि नेपालीहरु पुनः भारत जान थालेका छन् ।
भारतमा संक्रमण घटेपछि विभिन्न स्थानमा लकडाउन हटाएलगत्तै पश्चिम नेपालका पहाडी क्षेत्रका नेपाली रोजगारीका लागि पुनः भारत जान थालेको जमुनाह प्रहरीले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवा रोजगारीका लागि भारत जानेक्रम अहिले फेरि सुरु भएको प्रहरीले जनाएको छ ।
जमुनाहस्थित ईलाका प्रहरी कार्यालयका प्रमुख सई विष्णु गिरीका अनुसार, गत दुई तीन दिन यता दैनिक तीन सयको हाराहारीमा नेपाली रोजगारीका लागि भारत गइरहेका छन् ।

‘अहिलेसम्म भारतबाट फर्किनेको संख्या धेरै थियो, दुई दिनयता भारत जानेहरु बढ्दै गएका छन्’ सई गिरीले भन्नुभयो, ‘भारतमा कोरोना महामारी कम भएपछि फेरि नेपाली कामको खोजीमा त्यता फर्किन थालेका छन् ।’

भारत र नेपाल दुबै देशमा पूर्ण रुपमा संक्रमण नियन्त्रणमा नआएपनि काम नपाएर भोकभोकै बस्ने अवस्था आएपछि बाध्य भएर कामका लागि भारत जानु परेको नाकामा भेटिएका नेपालीहरुको भनाई छ ।महामारीकै बीचमा रोजगारीका लागि भारत जान थालेका कपुरकोट सल्यानका दिपक थापाले दुई महिनादेखि काम नपाएर भोकै बस्ने अवस्था आएपछि बाध्य भएर भारत जान थालेको बताउनुभयो ।
उहाँले आफ्नो क्षेत्रका धेरै युवा भारत जानका लागि घरबाट हिंडेको पनि बताउनुभयो । संक्रमणको चिन्ता नगरेर रोजगारीका लागि भारत जान थालेका जाजरकोट पाँचकाटियाका हरिबहादुर खत्रीले भारतमा यातायात र कलकारखाना खुलेको थाहा पाउने वित्तिकै आफूहरु रोजगारीका लागि हिंडेको बताउनुभयो ।

भारतबाट फर्कने धेरै
नेपालमा काम नपाएर रोजगारीका लागि भारत जाने बढ्दै गएको बेला भारतबाट फर्किनेहरु पनि धेरै संख्यामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।

अहिले दैनिक पाँच सय भन्दा बढीको संख्यामा नेपाली जमुनाह नाका भएर स्वदेश फर्किरहेको जमुनाहा प्रहरीका प्रमुख सई गिरीले बताउनुभयो । उहाँले नेपालगञ्ज नाकाबाट अहिले दैनिक पाँच देखि सात सयसम्म नेपाली घर फर्किरहेको बताउनुभयो । फर्किनेसंगै भारत जानेको संख्यामा पनि दैनिक बृद्धि भैरहेको उहाँले बताउनुभयो ।

नेपालीहरु मौसमी कामका लागि भारतका विभिन्न स्थानमा जाने गरेका छन् । पश्चिम नेपालका पहाडी जिल्लाका अधिकांश युवाको रोजगारीको प्रमुख गन्तव्य भनेकै भारत हो । भारतको खासगरी महाराष्ट्र, हिमाञ्चल प्रदेश, गुजरात, पन्जाब र दिल्लीमा नेपालीहरु कामको शिलशिलामा पुग्ने गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu