Connect with us
Kapilvast Forest

युरो कप : टर्कीलाई ३-० गोलले पराजित गर्दा इटलीको नयाँ रेकर्ड

२०७८, २९ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौं-युरो कप – २०२१ अन्तर्गत शुक्रबार भएको खेलमा इटली विजयी भएको छ । उसले आफ्नै खेल मैदानमा टर्कीलाई ३-० ले पराजित गरेको हो । इटलीका लागि यो उत्कृष्ट सफलता हो । किनकी इटालीले हालसम्म युरो कपको कुनै पनि खेलमा एकै टीमलाई ३ गोल गर्न सकेको थिएन ।

यो जितमा इटलीका लागि पहिलो गोल उपहारमा पाएको थियो । टर्कीका मेरिह डेमिरलकले आत्मघाति गोल गरेपछि इटलीले अग्रता लिएको थियो । त्यसपछि इटालीका लागि चिरो इमोबाइल र लोरेन्जो इन्सिग्नेले एक एक गोल गर्न सफल भएका थिए ।

उता टर्कीले भने खेलको पूरा समय कुनै पनि गोल गर्न सकेन । विश्वकप फुटबल पछिको दोस्रो ठूलो खेलको रुपमा परीचित युरो कप ११ स्थानमा एक महिना सम्म चल्ने छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu