Connect with us
Kapilvast Forest

पूर्वप्रधानमन्त्रीले भने ओलीबाट संविधानमाथि प्रहार र सर्वोच्चलाई धम्काउने काम भयो

२०७८, २९ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं – पाँच जना पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार गर्ने काम गरिरहेको भन्दै संयुक्त विज्ञप्ति निकालेका छन् ।

पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानुनको शासनमाथि नै घात गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

२०७७ सालको पुसमा भएको प्रतिनिधि सभा विघटन असंवैधानिक भनी सर्वोच्च अदालतले ठहर गरेको अवस्थामा पुनः दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पारेको उहाँहरुको भनाई छ ।

काम चलाउ सरकारको प्रधानमन्त्रीमा परिणत भइसकेको अवस्थामा अध्यादेशबाट बजेट घोषणा गर्ने, सरकारको नीति तथा कार्यक्रम झैं प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने, संविधान संशोधन गर्न भनि राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशील विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्ने, मन्त्रीपरिषद्को मनपरी किसिमले पटक–पटक विस्तार गर्ने, नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गर्ने, सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरु प्रधानमन्त्री केपी ओलीबाट भएका र यस्ता कार्यहरुको भत्र्सना गर्ने पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu