Connect with us
Kapilvast Forest

तेस्रो चरणको कोरोना रोक्न सरकार र नागरिकलाई डा पाण्डेका यी सुझाव

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं – कोरोना महामारीको दोस्रो लहर अब ओह्रालो लागेको भन्दै डा। रवीन्द्र पाण्डेले सरकारले जनजीवन सामान्य बनाउने जनस्वास्थ्यका मापदण्ड कडाइ गर्नु जरुरी रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्‍दै कोरोना संक्रमण ५० ५ को हाराहारीमा भएकोमा अहिले २५ – ३० ५ को हाराहारीमा रहेको बताएका छन्।

मृत्युदर पनि घटिरहेको छ। संक्रमण दरको तुलनामा निको हुने दर बढिरहेको छ। अस्पतालमा बेड नपाउने स्थिति लगभग समाधान भएको छ। अक्सिजनको पर्याप्तता बढेको छ। छिमेकी देश भारतमा महामारी घट्दो क्रममा हुँदा त्यसको नेपालमा पनि सकारात्मक प्रभाव देखिएको उनले लेखेका छन्।

ुअमेरिका, बेलायत, डेनमार्क लगायतका देशले खोप उपलब्ध गराउने प्रक्रियामा छन्। हाल जी ७ को बैठकमा अल्प विकसित देशलाई खोप उपलब्ध गराउनु पर्ने एजेण्डा प्रमुख बनेको छ। नेपालले चीन, रुस, अमेरिका लगायत देशबाट खोप किन्ने प्रक्रिया अगाडि बढेको सम्बन्धित पक्षले बताएका छन्।

कोभ्याक्स सुबिधा अन्तर्गत विकासशिल मुलुकलाई खोप उपलब्ध गराउन भारत लगायत खोप उत्पादक मुलुकलाई दवाब परेको छु, उनले सामाजिक संजालमा लेखेका छन्, ुअधिकांश नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गरेका छन्। हरेक क्षेत्रमा कसरी सुरक्षित भएर काम गर्ने भन्ने चेतना तथा सिप बिकास भएको छ। अस्पतालमा साधनस्रोतको उपलब्धता तथा स्वास्थ्य जनशक्तिको अनुभव बढेको छ।

संक्रमण भएको थाहा नभएका वा परीक्षण नगरी होम आइसोलेसनमा निको भएका व्यक्तिको संख्या लाखौँ छ। ती लाखौँ व्यक्तिको शरीरमा संक्रमणबाट एन्टिबोडी बनेको छ। उक्त एन्टिबोडीले पनि पून स् संक्रमण हुने वा संक्रमण भएका गम्भीर नहुने अवस्था छ।ु उनले सरकार र नागरिकले के गर्ने के नगर्ने बारे पनि सुझाव दिएका छन्।

अब सरकार

जनताको रोग, भोक र शोकको सम्बोधन हुने गरी काम गर्ने वातावरण सिर्जना गर्नु उपयुक्त हुन्छ।

जति सक्यो तत्काल व्यवस्थापन गरेर आम नागरिकलाई अभियानको रुपमा खोप लगाउनु पर्दछ।

हरेक टोल, गल्ली, चोक आदिमा ब्यापक प्रहरी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड पालना गराउने।

स्थानीय निकायबाट लकडाउनको मारमा परेका नागरिकलाई राहतको ब्यवस्था गर्ने।

हामी नागरिक

आफु तथा आफ्नो परिवार संक्रमणबाट बच्नको लागि आफै सचेत भएर अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, दुरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठाका बैठक वा भेटघाट नगर्ने, हात सफा गरिरहने तथा पाएसम्म खोप लगाउने।

काम गर्नु नपर्ने व्यक्ति सेल्फ लकडाउनमा बस्ने र काममा जाने व्यक्ति कामको लागि जाने र आउने गर्ने। अनावश्यक ठाउँमा नजाने।

स्वस्थ जीवनशैली अबलम्बन गर्ने।

सबैले आफ्नो तथा आफ्नो परिवारलाई संक्रमणबाट बचाउने कोशिश गर्ने हो भने महामारीको तेस्रो लहर रोक्न सकिने विश्वास उनले लिएका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu