Connect with us
Kapilvast Forest

धान दिवस मनाउने तयारी

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ ।
कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि आइतवार मातहतका निकायसँग छलफल गरेको छ । विभागका महानिर्देशक डा. गोविन्द शर्माले कोभिड–१९ का कारण जारी निषेधज्ञाले गर्दा १८औँ धान दिवस धुमधामसाथ मनाउन नपाए पनि भौतिक दूरी कायम गरी सरकारले तोकेको मापदण्ड अनुसार कार्यक्रम गर्ने तयारी थालिएको बताउनुभयो ।

खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद्को परिसरमा धान रोपेर र समान्य अन्तक्र्रिया गरी दिवस मनाउने तयारी भइरहेको उहाँले बताउनु भयो । उहाँले एक हप्ताका लागि निषेधाज्ञा थपिएको र त्यतिबेलासम्म अझ केही खुकुलो भए र महामारी कम भए कार्यक्रममा केही फेरबदल हुनसक्ने पनि बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मङ्सिर २९ गतेको मन्त्रीपरिषद्को बैठकबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाउँदै आएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu