Connect with us
Kapilvast Forest

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

तनहुँ – तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका-१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीया छाेरी अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन।

आइतवार साँझ घरभित्र खाना खान लागेका बेला छोरीलाई चितुवाले तानेकाे उहाँले बताउनु भयाे । ‘चितुवाले छोरीलाई तानेपछि मैले पनि छोरीलाई तानेँ । तीन कान्लासम्म लतारेपछि चितुवाले छाड्यो, अनि मैले छोरीलाई लिएर घर फर्किएँ’ उहाँले भन्नुभयो ।

बालिकाको चिउँडोमा चोट लागेको छ । घाइते अनुष्काको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu