चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी माओवादीका कार्यकर्ता हुन् :महेश बस्नेत
काठमाडौं, ३१ जेठ । -नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा। श्रीकृष्ण गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता भएको दाबी गगर्नु भएको छ । उहाँले गिरीले गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा नियुक्ती लिएको पनि उल्खेख गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत भनेका छन्–’चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा। श्रीकृष्ण गिरी माओबादी केन्द्रका उग्र कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । शिक्षा मन्त्री गिरीराज मणी पोख्रेल छदाँ नियुक्ति लिएका यीनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्व मन्त्री र माओबादीका ठुला नेताहरुको संलगनता खुल्लम खुल्ला देखिएकै छ ।’
