Connect with us
Kapilvast Forest

तलब उपलब्ध गराउने आश्वासनपछि नेपालगञ्ज शिक्षण अस्पतालमा प्रदर्शन राेकियाे

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

medical-collage-kohalpura nepalgung.

नेपालगञ्ज – अस्पताल व्यवस्थापनले तलब उपलब्ध गराउने आश्वासन दिएपछि नेपालगञ्ज शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले विराेध प्रदर्शन राेकेका छन् । यसअघि साेमवार बिहान फागुनदेखिको तलब भत्ता नपाएको भन्दै नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका थिए ।

उनीहरूले नियमित तलब पाउनुपर्ने, तलब वृद्धि हुनुपर्ने, कोभिडको समयमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मागसहित आज अस्पतालमा विरोध प्रदर्शन गरेका थिए । कर्मचारी सङ्गठनका अध्यक्ष कुश्माखर बस्यालले अस्पताल व्यवस्थापनले असार २ गतेसम्म तलब उपलब्ध गराउने आश्वासन दिएपछि प्रदर्शन रोकिएको बताउनुभयो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले चार वर्षदेखि तलब वृद्धि नभएको बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu