Connect with us
Kapilvast Forest

शिवराजले बन्द गर्‍यो नदीजन्य वस्तुको उत्खनन तथा निकासी

२०७८, १ असार मंगलवारमा प्रकाशित

अर्जुन बेल्बासे, कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाले नगरक्षेत्र भित्रका खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासी कार्य बन्द गर्न निर्देशन दिएको छ ।नगरक्षेत्रमा रहेका खोला नालाहरुको उत्खनन गरी यसक्षेत्रका आयोजनाहरुमा समेत उपलब्ध गराउने कार्य ०७७÷०७८ का लागि
बन्द गरिएको छ।

नगरपालिकाले चालु आर्थिक बर्ष २०७७÷७८ को लागि नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएका सुरइ खोला , चुरइ खोला ,मैनरी खोला ,सकबेल खोला ,भक्रम खोला गंगटे खोला ,बहवेल,गंधेल खोला ,जोकोहि खोला ,चोर खोला लगायतका नगर भित्ररहेका खोलाबाट उत्खनन तथा निकासी बन्द गर्न शिवराज नगरपालिकाले हिजों (सोमबारदेखि) नै बन्द गरिएको सूचना जारी गरेको छ ।

आफ्नो अधिकार क्षेत्रभित्र पर्ने शिवराज भित्रका विभिन्न खोलाबाट चालु आर्थिकबर्ष २०७७÷७८ मा विभिन्न आयोजनाहरुको लागि नदीजन्य पदार्थ उत्खनन् गर्न दिइएको अनुमति अनुसारको परिमाण पुरा भएकोले थप उत्खनन् गर्ने कार्य बन्द गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सुरइ खोला , चुरइ खोला ,मैनरी खोला ,सकबेल खोला ,गंगटे खोला , भक्रम खोला ,जोकोहि खोला ,बहवेल,गंधेल खोला ,चोर खोलबाट विभिन्न आयोजनाहरुको लागि नदीजन्य पदार्थ उत्खननको अनुमति दिएको थियो । उत्खनन तथा निकासीको म्याद जेष्ठ मसान्त सम्म रहेकाले हिजों शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याले एक सुचना जारी गर्दै नदीजन्य पदार्थ उत्खनन तथा निकासी कार्य बन्द आवहान गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu