कपिलवस्तुमा अक्सिजन बढाउन र वातावरण हराभरा गर्न निशुल्क बिरुवा वितरण गरिने
सनिउल्ला धोबी कपिलवस्तु– कोभिडको महामारीमा अक्सिजन अभावको कारण सयौले अकालमा ज्यान गुमाउनु परेको भन्दै कपिलवस्तु साझेदारी बनले अक्सिजनको उत्पादन गर्ने बिरुवा निशुल्क वितरण गर्ने भएको छ । जिल्लाको शिवराज, महाराजगन्ज र बुद्धभुमी नगरपालिकामा अक्सिजन बढाउने उद्देश्यले विरुवा वितरण गरिने कपिलवस्तु साझेदारी वन ब्यवस्थापन समितिले जनाएको छ । सोमबार बनको अनुगमनका क्रममा साझेदारी बनका अध्यक्ष गंगेश नाथ तिवारीले अक्सिजन उत्पादन र बाताबरण हराभरा हुने भएकोले बिरुवा वितरण गर्ने लक्ष्य रहेको बताउनु भयो । हरेक ब्याक्ती बन काटन तर्फ लागेकोले अब बन जोगाउने समय आएको अध्यक्ष तिवारीले बताउनु भयो । जिल्लाका क्रियाशिल पत्रकार र बनका पदाधिकारीद्वारा साझेदारी बनको नर्सरी र श- मिल जडान स्थलको अनुगमन गरिएको हो । साझेदारीले एक लाख भन्दा बढी विरुवा उत्पादन गरेको छ । जिल्लाको महाराजगन्ज नगरपालिका नजिकै विभिन्न प्रजातीका विरुवाहरु उत्पादन गरिएको छ । उत्पादित विरुवा उपभोक्तालाई निशुल्क वितरण गर्ने योजना रहेको कपिलवस्तु साझेदारी वन ब्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले जानकारी दिनु भयो । अहिले कोभिडको महामारीमा अक्सिजन अभावको कारण सयौपे अकालमा ज्यान गुमाउनु परेको भन्दै कपिलवस्तु साझेदारी बनले अक्सिजनको उत्पादन गर्ने बिरुवा निशुल्क वितरण गर्ने भएको छ ।
साझेदारीको नर्सरीमा टिक, बकाइनो, इपिल, गोल्ममोहर, खयर, मसला, तेजपता लगायतका विरुवाहरु उत्पादन भएका छन् । उत्पादीत विरुवाहरु असार पहिलो हप्तादेखि वितरण कार्य सुरु गरिने साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले बताउनुभयो ।
सोमबार साझेदारी बनको अनुगमन गर्दै सहायक बन अधिकृत एजाज अन्सारीले साझेदारीले उत्पादन गरेको विरुवाहरु उपभोक्ताले वृश्रारोपण गरी हरियाली बनाउन आग्रह गर्नुभयो । वनमा उत्पादन भएका विरुवाहरु काट्न मात्र जागरुक नभई रोप्नमा पनि जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
साझेदारी बन अन्तर्गत शिवराज नगरपालिकाका, बुद्धभुमी नगरपालिका र महाराजगन्ज नगरपालिकाका उपभोक्तालाई उक्त विरुवा निशुल्क वितरण गरिने छ ।सरकारले काठ वितरणमा रोक लगाएपछि अहिले साझेदारीमा १० हजार भन्दा बढी क्युफिट काठ वितरण गर्न वाकि रहेको छ ।