Connect with us
Kapilvast Forest

एसइई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

२०७८, १ असार मंगलवारमा प्रकाशित

काठमाडौं- सरकारले २०७७ सालको एसइई परीक्षाका लागि लिएको शुल्क फिर्ता हुनुपर्ने अभिभावकहरूले माग गरेका छन्। आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने भएपछि शुल्क फिर्ता गर्नुपर्ने उनीहरुले माग उठाएका हुन्।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले शुल्क फिर्ता गर्नुपर्ने सरकारसँग माग गर्नु भयो । उहाँले भन्नु भयो ‘जुन प्रयोजनका लागि शुल्क लिइएको हो, त्यसमा प्रयोग नभएपछि नैतिक रुपमा शुल्क फिर्ता हुनुपर्ने स्वाभाविक हो। हामीले यही माग सरकारसँग गरिरहेका छौँ।’

उहाँले त्यही शुल्कबाट विभिन्न डिभाइस खरिद गर्न सकिने पनि बताउनु भयो । भण्डारीलेभन्नु भयो ‘सरकारले त्यो शुल्कबाट बैकल्पिक शिक्षाका लागि डिभाइस किन्न पनि सक्छ, हामीले यही सुझाव दिएका छौं।’

यता राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले विद्यार्थीको शुल्क राजस्व जम्मा भैसकेकाले यस विषयमा बोर्डले केही गर्न नसक्ने बताउँछन्। शुल्कको विषयमा मन्त्रिपरिषद बैठकले नै निर्णय लिन सक्ने उहाँको भनाइ छ।

बोर्डका अनुसार २०७७ को एसइईमा सहभागी हुने परीक्षार्थी ५ लाख १७ हजारजना छन्। प्रतिविद्यार्थी ५०० रुपैयाँको दरले उठेको झण्डै २६ करोड रुपैयाँ शुल्क राजस्वमा जम्मा भएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले शुल्क फिर्ता नभई विद्यार्थीको हकहित विकासका लागि खर्च गर्नुपर्ने सुझाव दिनु भयो ।

‘शुल्क फिर्ता लिनु हुँदैन। पहिलाको फन्डमा पनि पैसा होला,’ उहाँले भन्नु भयो , ‘बरु पारदर्शी ढंगले सबै पैसाको हिसाब सार्वजनिक गरी विद्यार्थीको हक हितका लागि गरिने क्रियाकलापमा खर्च गर्नुपर्छ।’

छलफल गरेर निर्णय लिइन्छ : शिक्षा मन्त्रालय

अभिभावकहरूले शुल्क फिर्ता गर्नुपर्ने माग गरे पनि सरकारले अहिलेसम्म के गर्ने भन्ने केही निर्णय लिन सकेको छैन। शुल्कको विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मात्र निर्णय लिन नसक्ने मन्त्रालयका प्रवक्ता दिपक शर्मा बताउँनु भयो ।

‘विद्यार्थीले दिएको फि राजस्वको खातामा जान्छ, राजस्वले कहाँ कहाँ खर्च गर्ने भन्ने निर्णय लिएको हुन्छ, उहाँले भन्नु भयोमन्त्रालयले यो शुल्कको निर्णय लिएर हुँदैन,अर्थ मन्त्रालय लगायतसँग छलफल गर्छौं। त्यसपछि शुल्क के गर्नै बारेमा निर्णय हुन्छ।’

परीक्षा बोर्डका अनुसार एसइई परीक्षाको लागि ५१ लाख ७४ हजार सेट प्रश्नपत्र समेत प्रकाशन गरिसकेको थियो। प्रकाशित प्रश्नपत्र के गर्ने भन्ने अहिलेसम्म निर्णय नभएको बोर्डका अध्यक्ष पौडेलले बताउनु भयो । जेठ १३ देखि एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर, दोस्रो लहरको कोभिड संक्रमण बढ्दै गएपछि गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भयो।

कोरोना जोखिम कम नभएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। कोभिड(१९ ले नै गर्दा २०७६ को एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu