Connect with us
Kapilvast Forest

ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

२०७८, २ असार बुधबारमा प्रकाशित

काठमाडौं– फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताको लागि नेताहरुले पहल गरिरहेका छन् ।

माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका नेता तथा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठक ठ्याक्कै कहिले बस्छ भन्ने टुंगो नलागे पनि दुवै पक्षका नेताहरुबीच कुराकानी भइरहेकाले एक/दुई दिनमै बैठक बस्न सक्ने ज्ञवालीको भनाई छ । बोली बाराबारको अवस्था अहिले सामान्यतर्फ गइरहेकाले सहमति भएर पार्टी एकता हुन्छ भन्नेमा आशा पलाएको माधव नेपाल पक्षका एक नेताले बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले एमालेको नवौँ महाधिवेशनबाट आएको नेतृत्व खारेज गरेर विभिन्न संगठनमा नयाँ व्यक्ति मनोनित गर्नुभएको छ । माधव नेपाल समूहले यसलाई कुनै हालतमा नमान्ने बताइसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu