Connect with us
Kapilvast Forest

पार्टीकाे आधिकारिकता दाबी गर्दै उपेन्द्र यादव पक्ष निर्वाचन आयाेगमा

२०७८, ४ असार शुक्रबारमा प्रकाशित

काठमाडौं – पार्टीको आधिकारिकता दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । जसपा अध्यक्ष यादवसहितका नेताहरू शुक्रवार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको दाबी गरेका हुन् ।

जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै ठाकुर र यादव पक्षले एकले अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले जसपाको नाम, लोगो प्रयोग गर्दै आफूलाई आधिकारिक बताइरहेका छन् ।

यसै सन्दर्भमा यसअघि एक–अर्कालाई कारबाही गरेर हटाएको पत्र अद्यावधिक गर्न निर्वाचन आयोगमा दुवै समूहले निवेदन दिएको भए पनि आयोगले विवादको निरूपण गर्ने गरी आउन आग्रह गरेअनुसार यादव पक्ष पार्टी विवादको निरूपण गर्ने गरी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेको हो ।

जसपाले हिजो केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको बैठक बसी पार्टीको आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुरूप आधिकारिकताको दाबी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरूको बीचमा दुई पक्ष देखिएको हुँदा विवाद निरूपणको प्रावधानबाट आउनुभयो भने हामीलाई सजिलो हुन्छ भनेर उहाँहरूले भनिसकेपछि हामीले अहिले विवाद निरूपणको प्रावधानअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ त्यस अनुरूप नै आधिकारिकता दाबी गरेर आज निवेदन दिएका छौँ ।’

निर्वाचन आयोगले यसलाई नियम, कानुनअनुसार छिटो भन्दा छिटो प्रक्रिया प्रारम्भ गर्ने प्रतिक्रिया दिएको नेता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पार्टीको आधिकारिकता आफूहरूले पाउने दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा (६) अनुसार स्पष्टको साथ जुन पक्षको बहुमत छ उसले आधिकारिक रूपमा नाम, पार्टीको झण्डा, चुनाव चिह्नलगायत सबै आधिकारिकता पाउँछ । जसले त्यो पुर्‍याउन सक्दैन उनीहरूलाई नयाँ दल दर्ता गर्न अवसर दिइनेछ भन्ने व्यवस्था छ भन्ने उल्लेख भएको हुँदा त्यसमा कुनै समस्या छैन ।’

नेता श्रेष्ठले महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई गरेको कारबाही मान्य नहुने पनि बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu