Connect with us
Kapilvast Forest

युरोकपमा आज स्पेन र पोल्यान्ड भिड्दै

२०७८, ५ असार शनिबारमा प्रकाशित

एजेन्सी-युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कप अन्तर्गत आज स्पेन र पोल्यान्ड भिड्दै छन् ।खेल नेपाली समय अनुसार आज राति पौने एक बजे स्टाडियो कार्टुजा रंगशालामा हुनेछ ।

स्पेन पोल्याण्डलाई हराउँदै पहिलो जित हासिल गर्न चाहन्छ । पहिलो खेलमा स्पेन स्विडेनसँग बराबरी खेलेको थियो ।यता पोल्यान्ड पनि पहिलो जितको प्रयासमा हुनेछ । पोल्यान्ड पहिलो खेलमा स्लोभाकियासँग २-१ ले पराजित भएको थियो ।

दुबै टोलीले हालसम्म दस खेलमा भाग लिएका छन् । जसमध्ये स्पेनले ८ पटक र पोल्यान्डले एक पटक खेल हातमा पारेकाे छ । । एक खेल भने बराबरीमा सकिएको थियो ।समूह ‘ई’ मा रहेको स्पेन एक अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदा अंकविहीन पोल्यान्ड पुछारमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj