Connect with us
Kapilvast Forest

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

२०७८, ६ असार आईतवारमा प्रकाशित

काठमाडौं -विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए ? आखिर के भयो त्यस्तो कि मधेशका एक सशक्त नेताको रुपमा चिनिएका प्रभु साह र प्रधानमन्त्री ओलीको सम्बन्धमा दरार आयो ?

सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरि एमाले र माओवादी केन्द्र ब्युत्याई दिएपछि “अब कसरी अगाड़ी बढ़ने ?” भन्ने विषयमा मतभेद बढ़न थालेको देख़िन्छ । स्रोतका अनुसार प्रभु साहले नेकपाकै राजनीतिक वैचारिक कार्यदिशाको निरन्तरता हुनुपर्ने अर्थात जनताको बहुदलीय जनवाद नभई जनताको जनवादसहितको राजनीतिक वैचारिक कार्यदिशा हुनुपर्ने, एकताकै भाव झल्किने गरी पार्टीको नयाँ नामाकरण हुनुपर्ने, पार्टीको सांगठनिक गतिविधि पनि एकताकै भाव अनुरूप हुनुपर्ने अर्थात् पार्टीको आगामी महाधिवेशन पनि एकताकै महाधिवेशन गर्नुपर्ने जस्ता माग राख़्दै आएका थिए, जसलाई केपी ओलीले मन पराएका थिएन ।

यी मागहरुका विषयमा केपी ओली र प्रभु साह बीच पटक पटक वार्ता भयो । कतिपय वार्तामा रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीसहितका माओवादी नेताहरुको पनि सहभागिता थियो, तर प्रगति भने खासै हुन सकेन । आफ्नो मागको ठोस सम्बोधन नहुँदासम्म अगाडी बढ्न नसक्ने अडान प्रभु साहको थियो ।

प्रधानमन्त्री लगायतका एमाले नेताहरुले प्रभु साहलाई पटक पटक फकाउने प्रयास गरेतापनि साह भने टसमस भएनन् । प्रधानमन्त्री स्रोतले भन्यो, “एमाले ब्युतेपछि पार्टीको निर्णय पुस्तिका (माईन्युट) मा प्रभु साहले हालसम्म पनि हस्ताक्षर गर्न नमाने पछि प्रधानमन्त्री ओली झन क्रुद्ध हुनुभयो ।” यो समाचार राजधानी दैनिकमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu