Connect with us
Kapilvast Forest

जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई जना मजदुरको मृत्यु

२०७८, ६ असार आईतवारमा प्रकाशित

वीरगञ्ज-बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते छन् ।मृतक दुवै भारतीय नागरिक हुन् । भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।

 

शनिबार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते छन् ।घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी० दीपक श्रेष्ठले जानकारी दिनु भयो ।

ट्याङ्की पड्किएपछि उद्योगमा आगलागी पनि भएको थियो । जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

समयमै आगलागी नियन्त्रणमा लिएको छेउमै रहेको अर्को फर्निस आयलको ट्याङ्कीमा क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भयो ।उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयलको ट्याङ्की पड्किएर आगलागी भएको उद्योगका मजदुर युनियनक सचिव दीपक कार्कीले बताउनु भयो ।

‘उद्योगमा आयल निगममा जस्तै फर्निस आयलको ट्याङकीहरु छन् । लामो समय बन्द भएकोले मर्मत गर्न मजदुर साथीहरु जानुभएको थियो,’ उनले भने, ‘ट्याङकीमा ग्याँस बनेर बसेको रहेछ कि के हो ढक्कनमा टेक्ने वित्तिकै विष्फोट भएछ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu