Connect with us
Kapilvast Forest

असार ७ गतेपछि व्यवसाय गर्ने वातावरण बनाइदिन २१ वटा संघको आग्रह

२०७८, ६ असार आईतवारमा प्रकाशित

 

काठमाडौं – पटक–पटकको निषेधाज्ञाले व्यापार/व्यवसाय धरासायी भएको भन्दै असार ७ गतेपछि व्यवसाय गर्ने वातावरण बनाइदिन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध विभिन्न २१ वटा संघका अध्यक्षहरूले अब पनि व्यवसाय सञ्चालन गर्ने वातावरण नभए व्यवसायी बाच्न नसक्ने अवस्थामा पुग्ने गुनासो गरेका छन् । उनीहरूले आगामी दिनको लकडाउनलाई सहज गरी व्यवसाय गर्ने वातावरण मिलाई दिन प्रशासनसँग आग्रह गरेका हुन् ।

कोरोनाको जोखिम कायम रहेकाले सुरक्षाका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन उनीहरूको माग छ । प्रशासनले समन्वय गरिदिए डिजिटल कारोबारलाई प्राथमिकतामा राखी व्यवसाय सञ्चालन गर्ने उनीहरूले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu