Connect with us
Kapilvast Forest

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो बनाउने बारे निर्णय हुने

२०७८, ६ असार आईतवारमा प्रकाशित

 

काठमाडौं-भोलि सोमबार रातीबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको वेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । दिउँसो बस्ने बैठकले आर्थिक गतिविधि जलाएमान हुँने गरि निषेधाज्ञाको अवधि थप गर्ने छ । जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने निष्कर्षमा प्रजिअहरु पुगेका छन् ।

यसै गरि अवको थप निषेधाज्ञामा बैंक, बित्तीय क्षेत्र, फेन्सी, भाँडा पसल लगायत भीडभाड् नहुँने थप व्यवसाय समय तोकेर चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यसै गरी निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन भने अबको थप निषेधाज्ञामा चल्न पाउने छैनन् । आज बस्ने वैठकले उक्त विषयमा निर्णय गर्ने समेत प्रजिअ निरौलाले बताउनुभयो ।

स्मार्ट लकडाउनको विषयमा आफूहरुलाई जानकारी नआएको भए तापनि आर्थिक क्षेत्र चलाएमान हुने गरि थप क्षेत्रमा खुकुलो बनाइने उहाँले बताउनुभयो । विस्तारै कोरोना संक्रमणको जोखिम कम भए संगै सवै क्षेत्र खुला हुने छ । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् ।

विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन दिने तयारी गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोली सोमबार रातीबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu