Connect with us
Kapilvast Forest

भीरबाट खसेको ढुङ्गा लागेर बाजुरामा एक जनाको मृत्यु

२०७८, ६ असार आईतवारमा प्रकाशित

death

 

मार्तडी – बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

 

हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको टाउकोमा ढुंगा लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको हेलिकप्टरमार्फत उद्धार

प्रतिकूल मौसमले भीरबाट लडेर घाइते भएकी बुढीनन्दा नगरपालिका–१ की १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रतिकूल मौसमका कारण चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौं लग्ने तयारी भए पनि उद्धार हुन सकेको थिएन । बालिकाको आइतबार बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको बताइएको छ । गाउँ नजिकै रहेको रुपासैनी भीरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu