नेपालमा २४४२ कोरोना संक्रमित थपिँदा ३४५६ जना डिस्चार्ज
काठमाडाैं-नेपालमा आज २ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । देशभरीका विभिन्न प्रयोगशालाहरुमा गरी ६ हजार ६७७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा १ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै ४ हजार २४९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १ हजार २१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै काठमाडौं उपत्यकामा ५४८ कोरोना संक्रमित फेला परेका छन्। जसमा काठमाडौंका मात्रै ४५० रहेका छन्। भक्तपुरमा २५ र ललितपुरमा ५३ संक्रमित थपिएका छन् ।
यस्तै नेपालमा थप ३ हजार ४५६ जनाले कोरोना भाइरसलाई जितेका छन्। उनीहरु विभिन्न अस्पतालमा उपचाररत र आइसोसेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका थिए।
यससँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या पाँच लाख ५६ हजार ७९८ पुगेको छ।
यस्तै कोरोनाबाट थप ५१ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ ।