Connect with us
Kapilvast Forest

जसपाका अध्यक्ष ठाकुरद्वारा कार्यकारिणी समितिमा हेरफेर

२०७८, ६ असार आईतवारमा प्रकाशित

 

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा हेरफेर गर्नुभएको छ ।
अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जनालाई राखेर कार्यकारिणी समितिमा हेरफेर गर्नुभएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।

कार्यकारिणी समितिमा रहेका अध्यक्ष यादव पक्षका महेन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, रामनरेश राय यादव, रमेशप्रसाद यादव, गज्जाधर रोहित यादव, रेणुकुमारी यादव, विजय यादव, नवलकिशोर साह, इस्तियाक राई, राजेन्द्रप्रसाद श्रेष्ठ, नजराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, लालबाबु राउत, गंगानारायण श्रेष्ठ, रजध्वज लिम्बु, डम्बर खतिवडा, प्रकाश अधिकारी, प्रशान्त सिंह र भक्तबहादुर शाहलाई अध्यक्ष ठाकुरले हटाउनुभएको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिमध्ये २० जना सदस्यलाई हटाएर अध्यक्ष ठाकुरले आफ्नो तर्फबाट २० जनालाई राख्नुभएको हो ।
यता, अर्का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी हेरफेर र पुर्नगठन गर्ने अधिकारी महन्थ ठाकुरलाई नरहेको बताउनुभएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै यादवले २०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले ठाकुरलाई कार्यकारिणी समिति हेरफेरको अधिकार नदिएको बताउनुभएको छ ।

गत पुस ७ गतेको निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गर्दै यादवले दुवै अध्यक्षको हस्ताक्षर रहेको विज्ञप्तिमा कहीँकतै त्यो अधिकारी दिएको कुरा उल्लेख नगरेको बताउनुभएको छ ।

उक्त बैठकले गरेको निर्णय कार्यकारिणी समिति, प्रदेश, जिल्ला, स्थानीय तहसम्म सर्कुलरको रुपमा पठाउँदा पनि केही उल्लेख नरहेको र त्यस दिनको माइन्यूटमा पनि यसबारे उल्लेख नरहेको बताउँदै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पेस गरिएको कागजात सबै फर्जी रहेको बताउनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu