Connect with us
Kapilvast Forest

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२०७८, ७ असार सोमबारमा प्रकाशित

death

कास्की – पोखरा-बाग्लुङ सडकखण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएको थियो । उनीहरुको उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो ।

डीएसपी हमालका अनुसार पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३-०१-००३ क ५१७३ नम्बरको टिपरले पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकललाई आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका-३ स्थित पोखरा-बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा ठक्कद दिएको हो ।

टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको डीएसपी हमालले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu