Connect with us
Kapilvast Forest

दुई सय भैंसी, छ सय बाख्रा वितरण

२०७८, ८ असार मंगलवारमा प्रकाशित

रुकुम पूर्व – रुकुम पश्चिमका पाँच स्थानीय तहले भैंसी, बाख्रा र बोका वितरण गरेका छन्। मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा भैंसी र बाख्रा वितरण गरेको हो।

पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र किसानको पनि लागत सहभागितामा भैंसी तथा बाख्रा वितरण गरिरहेको हो। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ५० पाडापाडीसहित २०० भैंसी, ६०० बाख्रा र १२ बोका वितरण गर्ने कार्यक्रम रहेकोमा अधिकांश वितरण भइसकेका छन्। केही वितरणको क्रममा रहेको पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनु भयो ।

शर्माका अनुसार प्रदेश सरकारको एक पालिका, एक उत्पादन कार्यक्रमअनुसार नै पशु वितरणको कार्यक्रम तय गरिएको थियो। सम्बन्धित स्थानीय तहको समन्वय, निर्णय र किसानको रोजाइ तथा लागत सहभागितामा यो कार्यक्रम लागु भइरहेको छ।

पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार मुसीकोटमा ९५, सानीभेरीमा ५० पाडापडीसहित ७५, त्रिवेणीमा ३० वटा भैंसी वितरण गरिने छ। यी स्थानीय तहमा अधिकांश भैंसी वितरण भइसकेको छ। आठबीसकोटमा २०० बाख्रा र चार बोका, बाँफीकोटमा २०० बाख्रा र चार बोका तथा सानीभेरीमा २०० बाख्रा र चारवाटा बोका वितरण गरिएको कार्यालय प्रमुख शर्माले जानकारी दिनु भयो ।

भैंसी र बाख्रा व्यक्तिगत रूपमा प्रदान गरिएको छ। किसानले पनि यसमा व्यक्तिगत रूपमै लागत सहभागिता जनाएका छन्। दुध र दुधजन्य वस्तु उत्पादन तथा मासुका लागि एक पालिका, एक कार्यक्रम ल्याइएका हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu