Connect with us
Kapilvast Forest

हुम्लामा अवरुद्ध हवाई सेवा एक सातापछि सुचारु

२०७८, ८ असार मंगलवारमा प्रकाशित

सिमकोट– हुम्लाका लागि एक मात्र यातायातको साधन हवाई सेवा एक सातापछि सुचारु भएको छ। लगातारको वर्षाको कारण अवरुद्ध भएको हवाई सेवा सोमबार मौसममा सुधार आएपछि सुचारु भएको हो।

एक हप्ता लामो लगातारको वर्षापछि अवरुद्ध भएको हवाई सेवा सुचारु भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले बताउनु भयो । मौसममा खराबी आएका कारण नेपालगञ्ज र सुर्खेतमा तयारी अवस्थामा रहेका हवाई जहाजले लामो समय उडान भर्न पाएका थिएनन्।

सोमबार बल्ल मौसममा सुधार आउँदा जहाजहरूले नेपालगञ्ज र सुर्खेतबाट उडान भएका थिए। हवाई यातायात सुचारु नहुँदा सिमकोटमा दैनिक उपभोग्य सामान, हरियो तरकारीको सहज भएको छ।

यसअघि ती सामग्री अभाव भएको थियो भने विकास निर्माणका सामग्री पनि ढुवानी हुन थालेको छ। बिरामी र अत्यावश्यक कामका मानिसले पनि आवतजावत गर्न पाएका थिएनन्। सीता, समिट र तारा एयरका जहाजले उडान भरेका थिए।

कोरोनाले निषेधाज्ञा जारी रहेका कारण नेपालगञ्ज र सुर्खेतबाट भने यात्रु आउन पाएका छैनन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu