Connect with us
Kapilvast Forest

बजेट विवाद : धनकुटाका पाँच वडाध्यक्षले गरे कार्यपालिका बैठक बहिष्कार

२०७८, ८ असार मंगलवारमा प्रकाशित

 

धनकुटा- धनकुटा नगरपालिकाले बजेटको सिलिङ तोक्दा संघीयताको मर्म र भावना विपरित वडाहरूमा जाने बजेट कटौती गरेको भन्दै पाँचजना वडाध्यक्षले कार्यपालिका बैठक बहिष्कार गरेका छन्।

नगरपालिकाका १० वटै वडामा जाने बजेट नगर प्रमुख चिन्तन तामाङले आफू खुसी विनियोजन गर्न खोजेकाले बैठक बहिष्कार गर्नु परेको वडाध्यक्षहरूले बताएका छन्। वडाध्यक्षको अधिकार कटौती गरी निरंकुश शैलीले बजेट विनियोजन गर्दा विकासमुखी र यथार्थपरक नभई वितरणमुखी मात्रै भएको उनीहरुको आरोप छ।

वडा नम्बर ३ का विकास घिमिरे, वडा नम्बर ५ का धनकुमार राई, वडा नम्बर ६ का नरेश श्रेष्ठ, वडा नम्बर ८ का सुमन राई र वडा नम्बर ९ का वडाध्यक्ष मनोज रायमाझीले विज्ञप्ति जारी गर्दै नगर प्रमुख तामाङले गरेको एकलौटी कार्यको विरोधमा जनतामाँझ जाने चेतावनी दिएका छन्। विगतदेखि नै नगर प्रमुख तामाङले वडाध्यक्षको अधिकारलाई कुण्ठित गर्दै आएको उनीहरूको आरोप छ।

नगरपालिकाले सुरुमा वडामा ५५ लाख रुपैयाँ विनियोजन गरे पनि गत वर्ष ४५ लाख मात्र विनियोजन गरेको थियो। आगामी आर्थिक वर्षका लागि विनियोजन हुन लागेको बजेटमा वडालाई २५ लाख रुपैयाँ मात्र सिलिङ पठाउन लागेको छ। संघीय सरकारले हरेक वर्ष धनकुटा नगरपालिकालाई समान बजेट पठाउने गरे पनि नगर प्रमुख तामाङले वितरणमुखी बजेट बनाउन वडाको बजेट कटौती गरेको उनीहरूको आरोप छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu