Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीद्वारा आकस्मिक बैठकआवहान

२०७८, ८ असार मंगलवारमा प्रकाशित

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाउनु भएको छ । जेठ २१ गते विस्तार गरिएको मन्त्रीपरिषदमा नियुक्त भएका सबै मन्त्रीहरू निलम्बन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाउनु भएको हो ।

निलम्बित एक मन्त्रीका अनुसार बालुवाटारमा आज साँझ ६ बजे बैठक बोलाइएको छ । उहाँले भन्नु भयो ‘प्रधानमन्त्रीको सचिवालयबाट आज साँझ ६ बजेका लागिका बैठक बोलाइएको छ । केही विशेष निर्णय हुने बुझिएको छ ।’

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओली सरकारमा सामेल भएका नयाँ मन्त्रीहरूको पदमुक्त गर्न आदेश दिएको छ । प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरिषद् विस्तारमा २१ जना मन्त्री नियुक्त हुनु भएको थियो ।

३ उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले जेठ २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनु भएको थियो । त्यस्तै गत जेठ २७ गते गृहमन्त्री खगराज अधिकारीसहित ७ मन्त्रीले शपथ लिनु भएको थियो ।

अब सरकारमा प्रधानमन्त्री ओली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहनुहुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu