Connect with us
Kapilvast Forest

थप २४२१ जनामा कोरोना संक्रमण

२०७८, ९ असार बुधबारमा प्रकाशित

काठमाडौं-नेपालमा २४२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १५११ जना र एन्टीजेन परिक्षणबाट ९१० जना गरि जम्मा २४२१ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये भक्तपुरका ५७ जना, ललितपुरका ९४ जना र काठमाडौंका ४९७ जना रहेका छन् । अघिल्लो हप्ता भन्दा अहिले कोरोना संक्रमण घट्दो अवस्था रहेको छ ।

मन्त्रालयका अनुसार हाल ५० हजार संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४७ हजार २८६ जना होम आइसोलेशनमा रहेका छन् भने ३२३४ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३५५८ जना कोरोनामुक्त भएका छन् भने ५२ जनाको कोरोनाबा कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj