Connect with us
Kapilvast Forest

शितगंगा नगरपालिकाले ल्यायो ८० करोड ९० लाख बराबरको बजेट

२०७८, १० असार बिहीबारमा प्रकाशित

 

अराज बेल्बासे अर्घाखाँची-
शितगंगा नगरपालिकाको निति तथा कार्यक्रम बहुमत बाट पारित भएको छ । आज सम्पन्न नगरसभाले करिव १ हजार योजनाहरु पास गरेको छ । नगरपालिकाले कृषि,सडक,स्वास्थलाई प्राथमिकता दिने गरे बजेट ल्याएको हो । जनताको माग बढि हुने पाइप,जालीहरुमा यो बर्ष बढि बजेट विनियोजन गरेको छ ।

शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको बजेटमा नगरपालिकामा खानेपानीको बिद्युत महसुलमा ७५ प्रतिशत अनुदान नगरपालिकाले दिने गरि बजेट प्रस्तुत भएको छ ।जनतालाई पर्ने आर्थिक भार कम गर्न बिद्युुत महसुल नगरपालिकाले तिर्ने भएको नगर प्रमुख सुर्य प्रसाद अधिकारी बताउनु भयो ।

यस्तै आगामी आर्थिक बर्षको बजेटमा एकल पुरुष र महिलालाई पनि भत्ता दिने गरि बजेट ल्याइएको छ ३५ बर्ष पुगेका अबिवाहित महिला र ४० बर्ष पुगेका एकल पुरुसहरुलाइ नगरले मासिक भत्ताको ब्यवस्थागर्ने भएको हो। यस्तै नगरपालिकाले ग वर्गाका अपाङगता भएका ब्यतिहरुको आत्मबल बढाउन उनिहरुलाई पनि मासिक भत्ताको ब्यवस्था गरेको हो ।

। शितगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेका नगर उपप्रमुख टिका रेस्मिले जानकारी दिनु भयो । आगामी बर्ष चालु तर्फ ४४ करोड ६५ लाख र पुँजीगत तर्फ ३६ करोड २४ लाख बराबरको बजेट प्रस्तुत भएको नगर उपप्रमुख रेस्मिले बताउनु भयो ।

यस्तै नगरपालिकाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिद्ययेक आर्थिक ऐन २०७८ नगरसभा बाट स्वीकृत गरेको छ । जसअनुसार व्यवसाय कर , पशुजन्य व्यवसायकर, उद्योग व्यवसायकर ,पार्किङ शुल्क,नदि जन्य आनीजन्य श्रोत घर लगायतका २१ वटा क्षेत्रमा कर दस्तुर लागु गरि नगरपालकालाई आर्थिकरुपमा राजस्व संकलन गर्ने गरे ऐन पारित भएको प्रमुखप्रशासकीय अधिकृत प्रेम केसीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu