Connect with us
Kapilvast Forest

पुर्पक्षका लागि राखिएका चारजना सुधार गृहबाट भागे

२०७८, १२ असार शनिबारमा प्रकाशित

विराटगनर-विराटनगरको बाल सुधार गृहबाट शुक्रबार राति चार जना बालकहरु भागेका छन् । बालबिझ्याँइका मुद्दामा सजायँ पाएका र पुर्पक्षका लागि अदालतले उनीहरुलाई सुधार गृहमा पठाएको थियो । सुधार गृहको तीन तल्ला माथिबाट फालहानेर उनीहरु भागेको आशंका प्रहरीले गरेको छ ।

बाल सुधार गृहबाट भागेका मध्ये तीन जना जबरजस्ति करणीको मुद्दामा सजाँय पाएका थिए भने एक जना हातहतियार खरखजनाको मुद्दामा पुर्पक्षमा रहेको बाल सुधार गृह विराटनगरका इन्चार्ज मिलन चौहाननले जानकारी दिनुभयो । जबरजस्ति करणी मुद्दाका बालकहरु १८, १९ २० वर्षका छन् । उनीहरुलाई क्रमश ७, ५ र १२ वर्ष कैद सजायँ भएको थियो । खरखजनाको मुद्दामा पुर्पक्षका लागि राखिएका बालक १७ वर्षका हुन् । भागेका बालकहरुको घर झापा, उदयपुर, संखुवासभा र सोलुखुम्बु रहेको प्रहरीले जनाएको छ ।

२४ सै घण्टा प्रहरीको पहरा रहने सुधार गृहबाट यस अघि पनि पटक पटक बालकहरु भाग्ने गरेका थिए । साँघुरो कम्पाउण्ड भएका कारण भवनको पछाडीपट्टिबाट हाम्फालेर भाग्ने समस्या पटक पटक देखिएको हो । शुक्रबार राति प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतको नेतृत्वको प्रहरीले टोलीले पहरा दिएको भएपनि उनीहरुले प्रहरीलाई छलेर भवनबाहिर कम्पाउण्डमा फालहानेर भागेका थिए ।

बाल सुधार गृहबाट चार जना बालक फरार भएपछि खोजी कार्यलाई तिब्र पारेको मोरङ प्रहरीका निमित्त कार्यालय प्रमुख डिएसपी मन्जिल मुकारूङले जानकारी दिनुभयो । फरार भएका चारै जना केही समय अघि मात्र कोरोनाबाट संक्रमित भएका थिए । संक्रमणका कारण उनीहरुलाई सुधार गृह प्रशासनले छुट्टै राखेको थियो । छुट्टै राखेको मौकामा उनीहरु भागेका हुन् । अघिल्लो वर्ष पनि सुधार गृहबाट दुई जना बालक भागेका थिए । उनीहरुलाई प्रहरीले पाँच दिनपछि पक्राउ गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu