Connect with us
Kapilvast Forest

पूर्वमन्त्री युवराजलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०७८, १३ असार आईतवारमा प्रकाशित

काठमाडौं -सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो ।तर न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले सर्वोच्च अदालतले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेको भन्दै कार्कीलाई नियुक्ति नदिन आदेश दिएको हो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा राजदूतका लागि स्नातक उतीर्ण हुनुपर्ने व्यवस्था छ । तर सरकारले वैशाख २५ गते उक्त निर्देशिका संशोधन गरी मन्त्रीको रुपमा सेवा गरिसकेको व्यक्तिको हकमा यो दफा लागू हुने छैन भन्ने व्यवस्था राखेको थियो । र सोही दिन पूर्वमन्त्री कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो ।

तर सर्वोच्च अदालतले निर्देशिकाको संशोधन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

हेर्नुहोस् आदेश

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu