Connect with us
Kapilvast Forest

शिवराजका ६ जना उत्कृष्ट कृषक पुरस्कृत

२०७८, १३ असार आईतवारमा प्रकाशित

कपिलवस्तु –
शिवराज नगरपालिकाका छ जना कृषक पुरस्कृत भएका छन् । व्यावसायिक रुपमा उत्कृष्ट कृषकलाई सम्मान गरिएको हो । नगरपालिकाको कृषि शाखाले नगरपालिका भित्र ब्यावसायि गर्दै आएका छ जना उत्कृष्ट किसान छनोट गरी पुरस्कृत गरेको शिवराज नगरपालिकाका कृषि शाखा प्रमुख तारा चन्दचोधरीले बताउनु भयो ।

पुरस्कृत हुनेमा शिवराज नगरपालिका वडा न ११ का पशुपालन तर्फ सगरमाथा पशुपालन समुहका संचालक अणलाल पाध्य शिवराज नगरपालिका वडा न–५का बाख्रापालक व्यावसायि विष्णुराम थारु , गाईभैँसीपालक ब्यावसायि बसन्ता पसुपालन फार्मका संचालक छविलाल वन्जाडे,बाखा्रपालन तर्फशिवराज ५ रहटकोलका गन्दकलि बाख्रा पालन फर्मका संचालक नन्दकलि लामिछाने बंगुरपालन तर्फ ,शिवराज ३ मदवा स्थितरमेश बंगरपालन फर्मका संचालक रमेश थारु र कुखुरापालन तर्फ शिवरा ४मा रहेको अधिकारी पोल्टी फार्मका संचालक युवराज अधिकारीे रहेका छन् ।

उत्कृष्ट कृषकलाई रु २ हजार ५सय उपलब्ध गराएको हो । नगरका किसानलाई प्रोत्साहन गर्नका लागि यस्तो प्रकारको पुस्कार प्रदान गरेको शिवराज नगरपालिकाका कृषि शाखा प्रमुख तारा चन्दचोधरीले बताउनु भयो ।
पछिल्ला समयमा किसानलाई पुरस्कृत गर्ने कार्यक्रमले उत्साहित बनाउँदै आएको उहाँले बताउनु भयो । हरेक स्थानीय तहले यस्ता कार्यक्रमको निरन्तरता हुनुपर्ने किसानले बताएका छन् । आफूहरुले गरेको मिहिनेतमा नगरपालिकाले मूल्याङ्कन गरेकोमा पुरस्कृत कृषकहरुले खुशी व्यक्त गर्दै नगरपालिकालाइ धन्यवाद ज्ञापन गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu