Connect with us
Kapilvast Forest

हाम्रो टिम नेपालका १८ जना पक्राउ

२०७८, १४ असार सोमबारमा प्रकाशित

काठमाडौं -निषेधाज्ञाको समयमा विपन्नलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तसहित १८ जना सोमबार पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

अनामनगरमा हाम्रो टिम नेपालले प्रयोग गरेको टहरा खाली गराउने क्रममा अवरोध गरेकाले नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।

 

काठमाडौं महानगरपालिकाको जग्गामा बनेको टहरा लकडाउनअघिदेखि हाम्रो टिम नेपालले प्रयोग गर्दै आइरहेको थियो । त्यहाँ पार्क बनाउने भनी महानगरपालिकाले खाली गराउन खोजेको थियो । तर हाम्रो टिम नेपालका अभियन्ताले अवरोध गरेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu