Connect with us
Kapilvast Forest

नेप्से सामान्य बढ्यो

२०७८, १४ असार सोमबारमा प्रकाशित

nepse high

काठमाडौं – शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ । नेप्से आज पाँच दशमलव ११ अङ्कले बढेर दुई हजार आठ सय ७५ दशमलव ४९ विन्दुमा पुगेको छ । हिजो नेप्से २७ अङ्कभन्दा धेरैले बढेको थियो ।

आज माइक्रोफाइनान्स समूहको शेयर सबैभन्दा धेरै एक सय ११ दशमलव चार अङ्कले बढेको छ । त्यस्तै होटल तथा पर्यटन समूहको शेयर २० दशमलव २७ अङ्कले र जीवन बीमा समूहको शेयर १४ अङ्कभन्दा धेरैले बढेको छ । आज विकास बैंक समूहको शेयर भने सबैभन्दा धेरै ७० दशमलव ५८ अङ्कले घटेको छ ।

आज दुई सय १९ कम्पनीका एक करोड ९२ लाख ८२ हजार आठ सय १५ कित्ता शेयर सात अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । आज माथिल्लो तामाकोशी हाइड्रो पावरको ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ । आज बेस्ट फाइनान्स कम्पनीको शेयर मूल्य भने सबैभन्दा धेरै पाँच दशमलव ४८ अङ्कले घटेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu