Connect with us
Kapilvast Forest

आजदेखि सार्वजनिक यातायात सञ्चालन

२०७८, १५ असार मंगलवारमा प्रकाशित

 

काठमाडौं-काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्।गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै उपत्यकाका ३ जना प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा लागू गर्ने र खाद्यान्न पसल दिनभर सञ्चालन गर्ने निर्णय गरेको हो।

काठमाडौं उपत्यकामा अब २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पाइने छ। सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र चलाउन पाइने छ भने खाद्यान्न ढुवानी गर्ने सवारी साधन बिहान ९ देखि ११ बजेसम्म र ४ बजे देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

सार्वजनिक गाडी चलाउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने छ।

काठमाडौंमा गाडी खुले पनि बाहिरबाट आउने निजी तथा भाडाका गाडीलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ। बिरामी तथा अत्यावश्यक काम परेकाहरु पास लिएर मात्र काठमाडौं आउन पाउने प्रशासनको आदेशमा उल्लेख छ।

सबै खाद्यान्न पसल, खेलकुद सामग्री, स्टेशनरी, पुस्तक पसल साँझ ६ बजेसम्म संचालन गर्न पाइने छ। डिपार्टमेन्ट स्टोर, सपिङ्ग मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट आइटम, सुन पसल, भाँडा तथा विद्युतीय घरायसी सामग्री, इलेक्ट्रोनिक, हार्डवेयर पसल बिहान ११ बजे देखि बेलुकी ६ बजे सम्म खुल्ने छन्।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर तथा रेष्टुरेण्टले टेक अवे सेवा ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। निजी सवारी साधनमा बढीमा चारजना, ट्याक्सीको हकमा बढीमा तीनजना र मोटरसाइकल, स्कुटरमा जोर बिजोर प्रणाली कायमै राखिएको छ। उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य गर्न पाइने छ ।।

निषेधाज्ञा खुकुलो भए पनि प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनारमा बन्देज कायमै राखेको छ। सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय,लगायत भिडभाड हुने क्षेत्र बन्द नै रहनेछन्। यस्तै सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर पनि गर्न पाइने छैन।

विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्य होटल तथा पार्टी प्यालेसमा गर्न पाइनेछैन। विद्यालय, कलेज, ट्यूसन सेन्टरले भौतिक उपस्थितिमा पठन पाठन गर्न पाउने छैनन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu