कपिलवस्तुको बुद्धभूमिका बादी समुदायलाई बाख्रा वितरण
– कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरका बादी समुदायलाई बाख्रा वितरण गरेको छ । बुद्धभुमी नगरपालिका वडा नं ९ मा रहेका बादि समुदायलाई जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उदेश्यले बाख्रा वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।
नगरले सबै समुदायको स्तर उकास्नका लागि विषेश योजना ल्याएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । नगर प्रमुख श्रेष्ठलेबादी समुदायको विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
वडा नं ९ का १७ जना बादी समुदायलाइ ३४ वटा बाख्रा वितरण गरिएको छ ।
बाख्रा वितरण कार्यक्रममामा बुद्धभुमीका योजना शाखा प्रमुख नविन खनाल, युवा समाजसेवी अनिल अधिकारी र विनोद आचार्यको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै बादि समुदायकि नेतृ बिष्णु बादिले यस कार्यका लागि नगरपालिकालाई धन्यवाद दिनुभएको थियो। नगरपालिकाले बादि समुदायलको उत्थानको यस्तै कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो !