Connect with us
Kapilvast Forest

शैक्षिक जग उकास्न शिवराजद्वारा बाल विकास केन्द्रलाई सिकाइ खेल सामग्री वितरण

२०७८, १६ असार बुधबारमा प्रकाशित

 

कमल बिष्ट / सिताराम चौधरी चन्द्रौटा – कपिलवस्तुको शिवराज नगरपालिकाले नगरक्षेत्रभित्रका १२ विद्यालयका बालविकास केन्द्रलाई सिकाइ तथा खेल सामग्री प्रदान गरेको छ । विविध किसिमका खेल तथा मनोरञ्जनात्मक क्रियाकलापको माध्यमबाट बालविकास केन्द्रमा अध्ययनरत सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुर्याउन नगरले सिकाइ खेल सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो ।

नगरप्रमुख नेत्रराज अधिकारी, शिक्षा शाखा प्रमुख उपसचिव लोकराज पन्थी, शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्मा, कार्यपालिका सदस्य एवं सामाजिक संयोजक चन्द्रबहादुर गहतराज, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका विजय सापकोटासहितको टोली विभिन्न विद्यालयमा पुगी सामग्री जिम्मा लगाएको बताइएको छ ।

शिक्षाको जग नै प्रारम्भिक सिकाइ सीप भएकाले पूर्व प्राथमिक कक्षा अथवा प्रारम्भिक बालविकासलाई लक्षित गरी सिकाइ तथा खेल सामग्री प्रदान गरिएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिनुभयो । सामग्रीले बालबालिकाको शारीरिक, मानसिक, सम्बेगात्मक, बौद्धिक, भाषिक विकासका साथै सामाजिक र सांस्कृतिक विकासमा समेत ठूलो टेवा पुग्ने उपसचिव पन्थीले विश्वास व्यक्त गर्नुभयो । कूल ६२ बालविकास केन्द्र रहेको शिवराजमा यस वर्ष १२ बालविकास केन्द्रलाई सिकाइ तथा खेल सामग्री वितरण गरिएको शिक्षा शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्माले बताउनुभयो ।

उहाँले मुख्यमन्त्री ग्रामीण विकास अन्तर्गत ८ विद्यालय र बाँकी ४ विद्यालयलाई नगरपालिकाको बजेटबाट सामग्री खरीद गरी प्रदान गरिएको बताउनुभयो ।

सामग्रीहरुमा स्मार्ट टेलिभिजन, पिङ, ढिकीच्याउँ, विभिन्न किसिमका पजल गेम लगायत रहेका छन् । प्रति दिन एक सामग्रीबाट सिकाइ गर्दा करीब २ सय दिनसम्म सिकाउन सकिने सामग्री रहेका छन् उहाँले भन्नुभयो । सामग्री वितरणका लागि शिवराज १० इस्लामनगरस्थित किशोर आदर्श सामुदायिक आधारभूत विद्यालय पुग्नुभएका नगरप्रमुख नेत्रराज अधिकारीले सामग्रीको सही सदुपयोग गर्न सुझाव दिनुभयो ।

उहाँले बालविकासमा अध्ययनरत हरेक बालबालिकाहरुले सामग्रीको प्रयोगबाट सिकाइ सीप अभिवृद्धिमा परिवर्तन आउने गरी सहजीकरण गर्न निर्देशन दिनुभयो । नगरभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा आमूल परिवर्तन ल्याउन शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राखेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu