Connect with us
Kapilvast Forest

बढी भाडा लिने आठजना पक्राउ

२०७८, १६ असार बुधबारमा प्रकाशित

pakrau

 

काठमाडौं -यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठजनालाई काठमाडौंबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्न सक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरी परिचालन गरेको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

काठमाडौंबाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दाङ घर भएका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दीपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन्। उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।

यस्तै‚ काठमाडौंबाट बा १६ च २१८४ नम्बरको प्राइभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ वर्षीय राकेश रसाईली पक्राउ परेका छन्। रसाईलीले प्रतियात्रु तीन हजार रूपैयाँका दरले भाडा लिएका थिए। यसैगरी चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रतिव्यक्ति पाँच हजारसम्म भाडा लिने २५ वर्षीय झनकबहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ। घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन। पक्राउ परेकाहरुलाई आबश्यक कारवाहीका लागि प्रहरी बृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञापछि यो अवधिमा उपत्यकाबाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा आठ गुणा बढीसम्म भाडा लिई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरि कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu