जनप्रतिनिधि सँग जनताका गुनासै गुनासा
कपिलवस्तु,अर्जुन बेल्बाुसे-
कपिलवस्तुको शिवराज नगरपालिका स्थानिय अभि विश्कर्माले एस.ई.ई. पछि धेरै विद्यार्थी पढ्नको लागि नगरमा एउटा प्रतिष्ठित क्याम्पस वा प्राविधिक कलेज नहुदा अन्यन्त्र शहर बुटवल , काठमान्डौ जस्ता ठूला सहरमा जानुपर्ने बाध्यता रहेको गुुनासो गरे ।
त्यस्तै उनै विश्वकर्माले शिवराज नगर भित्र एउटा पनि विज्ञान संकायको अध्यापन हुने कलेज नहुदा आर्थिक अवस्था उच्च नै भएकाहरु त अन्य सहर पस्छन हामि कमजोर रहर हुुँदाहुँदै नगरले यसको समाधान नखोज्दा अन्य विषय पढन बाध्य हुन्छौं उनले भने । त्यस्तै गुनासो राख्दै शिवराजका हरी पंगेनिले पनि शिक्षा क्षेत्र व्यवस्थित गर्दै हाम्रो नगरमा पनि टेक्निकल कलेज र विज्ञान संकायको कलेजको ब्यवस्था मिलाउन माग गरे ।
त्यस्तै खनाल शिशिर नाम गरेका स्थिानियले नगरपालिका सगँ गुनासो राख्दै सडक निर्माणलाइ मात्रै विकाश नठान्न र बनाएको सडकहरु पनि गुणस्तर नभएको गुनासो राखे ।
उनले भने सरकारी कार्यालयको अगाडी नै पानी पोखरीका खाल्डा हुन्छ यो अवस्थाले स्थानीय तहले जनअपेक्षाअनुसार काम गर्न नसकेको अनुभूति हुन्छ
त्यस्तै अर्को गुुनासो नगर भित्र फोहो ब्यवस्थापन नभएको गुनासो गरे ।त्यस्तै गुनासो राख्दै स्थिानिय बाबुराम पोख्रेलले स्थिानिय तह आएको यति वर्ष वितिसक्दा पनि चन्द्रौटा चोकमा ओत लाग्ने एउटा ब्यस्थित सार्वजनिक प्रतीक्षालयको अध्यधिक आवश्यक रहेको जिकिर गरे ।
त्यस्तै नगर प्रमुख अधिकारी सगँ गुनासो राख्दै जनता समाजबादी पार्टी नेपाल शिवराजका नेता समेत रहेका रहिस शाहले नगरले आफ्नो आफ्नो मान्छे को मात्रै काम गर्नु र आफनै मान्छेको मात्रै गुनासो सुन्ने गरेको दुुखेसो पोख्नुभयो
नगरले उचित ठाउँमा लगानी गर्न नसक्दा राम्रो प्रतिफल पाउन नसकेको गुनासो गरे । हरेक वडामा बाटो घाटो निर्माण ,शिक्षा ,स्वस्थ ,बिजुली ,लगायत अधारभुत आवश्यतालाइ नगरले महत्वकासाथ नहेरेको गुनासो गरे ।
त्यस्तै शिवराजका स्थिानिय कमल के सी गुनासो राख्दै भने नगरले कोभिड खोप लगाउने क्रममा सुचनामा लक्षित उमेर समुह भने पनि कोभि खोप लगाउन पुुगेका जेष्ठ नागरीकहरु नगरका जनप्रतिनिधिको पहुुँच नभएकाहरुले खोप नपाएको बताए । त्यस्तै स्थानिय रामजन साहले गुुनासो राख्दै भने यो स्थितिले नगरको समृदि हुँदैन जानप्रतिनिधिहरु सच्चिएर जबाफदेहि हुनु आबश्यक रहेको बताए ।
त्यस्तै गुनासो राख्दै स्थिानिय जन्जीत पुुरुसले भने मेयर साब तपाइलाइ आफैले गरेको काम कस्तो लागेको त्यो कार्यको आफै मुंल्याकन गर्नुस आ सम्म तपाइका चुुनावि एजेन्डा के कति पुरा भए जनताका समस्या स्थानीय आवश्यकता के कति पुरा भए , तपाईको कार्य प्रति नगरवासि कति खुसि छन भनेर प्रश्न गरे ।
त्यस्तै अधिकांश स्थिानियहरुले नगरले गरेका काम कारबाहीलाई लक्षित गर्दै स्वास्थ्य,शिक्षा, विकाशका आयोजना ,कृषि, सुुद्द खानेपानीको परिपुुर्ति, क्षेत्रमा नगरले गर्नु पर्नु जति प्राथमिकता नदिएको गुनासो गरे ।
नगरवासीको गुनासो सम्बोधन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नगरवासिहरुको चासोसँग आवद् भएर जवाफदेहीतालाई विकास गरिने बताउनुभयो । उहाँले यो वर्ष भने स्वास्थ्यमा प्राथमिकता दिने बताउनुभयो । साथै हरेक नगरवासिको गुनासो प्रतिबद्ध रहेर अगाडि बढने बताउनुभयो । नगरमा प्रतिष्ठित प्राविधिक कलेज खोल्ने विषयमा जवाफ दिदै नगरमा दुुइ वटा संकायको प्रविधिक शिक्षा दिदैं आएको र अन्य संकाको लागि स्थापना गर्न छलफलमा जुट्ने आश्वासन दिनुभयो ।
फोहोर ब्यवस्थापन , प्रतिक्षलय निर्माण ,स्वास्थ्य क्षेत्रमासुधार ,गुुर्णस्तरयुुक्त शिक्षा प्रदान , सुद्द खानेपनी परिपुुर्ति, नगरको भवन निमार्ण लगायतका विषय तर्फ नगरपालिकाको ध्यान गएको र यसलाई सुधार गर्दै लैजान नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख नेत्रराज अधिकारी र शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुको शाखाको आयोजन ,शिवराज नगरपालिकाको सहयोग र शिवराज नगरपाकिामा रहेका तिन वटै रेडियो , रेडियो समानता।रेडियोभ्वाइस र रेडियो शिवराजको संमन्वयमा सम्पन्न सार्वजनिक सुनुवाइमा स्थानिय राजनितिक दलका प्रतिनिधि ,ब्यापरी प्रतिनिधि ,शिक्षक प्रतिनिधि, स्थानिय नगरवासिहरुको गुनासोलाइ समेटिएको थियो ।