Connect with us

आजदेखि खुल्यो आन्तरिक उडान

२०७८, १७ असार बिहीबारमा प्रकाशित

nepal airlaince

काठमाडौं-आजदेखि आन्तरिक उडान खुलेको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि वैशाखदेखि बन्द भएको उडान आजदेखि सुरु भएको हो।जनस्वास्थ्यका मापदण्ड पालना गर्दै उडान गर्नुपर्ने नियम ल्याएको नागरिक उड्डयन प्राधिकरणले सिमित उडान अनुमतिमात्र दिएको छ। प्राधिकरणले सामन्य अवस्थाको उडानको तुलनामा पचास प्रतिशतमात्र उडान गर्न पाउने व्यवस्था मिलाएको छ।

दैनिक ६४ उडानका लागि तालिका प्राधिकरणले स्वीकृतथ गरेको छ।विमानस्थल कार्यालय प्रमुख प्रताव तिवरीका अनुसार आज बुद्ध एयरका सबैभन्दा धेरै ३१ उडान तालिका छ। यतीको १५,श्रीको ७ र सौर्यको ३ उडान तालिका रहेका छन्। ताराको १ र समिटका २ उडान सेड्युलमा छन्।

बिहानैदेखि नियमित उडान भइरहेको तिवारीले जानकारी दिनुभयो । पोखरा र भरतपुरको उडान भने अवरुद्ध भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu