Connect with us
Kapilvast Forest

शिवराज ३ का एक सय विपन्न परिवारलाई राहत

२०७८, १८ असार शुक्रबारमा प्रकाशित

माधव बेल्बासे,चन्द्रौटा- कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ मदवाका एक सय विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । राईजिङ १०० ग्रृप र मेचिमहाकाली बुहारी सयुक्त आवाजको आयोजनामा उक्त राहत प्रदान गरिएको हो ।

सुकुम्बासी तथा दैनिक ज्याला मजदुर गरि जिविको पार्जन गर्दै आएका परिवारलाई कोरोनाको चपेटामा परेको भन्दै राहत प्रदान गरिएको राईजिङ १०० ग्रृपका केन्द्रिय सचिव देवेन्द्र पराजुलीले बताउनुभयो ।

राहत सामाग्रीमा १ बेरा चामल,२ किलो दाल,१ किलो स्यबिन,१ किलो नुन,१ किलो तेल र एक थान झुल प्रदान गरिएको छ । उक्त गाउँका १० जना विपन्न सुत्केरी महिलालाई नगद पाच हजार समेत सहयोग गरिएको छ । त्यस्तै डेढ सय वालवालिकाहरुलाई कपडा र कस्मेटीक सामानहरु वितरण गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटाले काठमान्डौ वाट यहाँका नागरिकहरुलाई सहयोग गर्न आएकोमा उक्त सस्थालाई धन्यवाद दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj