सरकारले तोके अनुसार पारिश्रमिक माग गर्दै बाल बिकास केन्द्रका सहजकर्ता आन्दोलित
कपिलवस्तु –
सरकारले बजेट बक्तब्य मार्फत ताकेको पारिश्रमिक पाउनु पर्ने माग गर्दै कपिलवसतु नगरपालिका भित्र रहेका बाल बिकास केन्द्रका सहजकर्ता शिक्षकहरु आन्दोलित भएका छन । उनीहरुले आफुरुले सरकारले तोके अनुसार कै मासिक १५ हजार पारिश्रमिक पाउनु पर्ने भन्दै शुक्रवार तौलिहवा स्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन ।
सरकारले ८ हजार दिने र बाकी ७ हजार स्थानीय पालिकाले दिने गरी अर्थ मन्त्री बिष्णु पौडेलले सहजकर्ताको तलब १५ हजार तोकेका थिए ।
तर नगरपालिकाले ४ हजार मात्र थप गरे पछि नगर क्षेत्रका सहजकर्ताको पारिश्रमिक १२ हजार मात्र भएको छ । सरकारले तोके अनुसारको पारिश्रमिक पाउनु पर्ने भन्दै आफुहरु नगरपालिकामा धर्नामा आएको अगुवा सहजकर्ता शारदा पराजुलीले बताईन । सरकारले तोकेको कुरा नगरपालिकाले पनि दिनु पर्ने आफुहरुको माग रहेको उनले बताईन । ‘ हामी आफनो हक अधिकार पाउनकालागि आन्दोलनमा उत्रेका हौ ’ उनले भनिन ।
उनले नगरपालिकाले आफुहरुको माग सम्बोधन गर्नेमा आशाबादी रहेको बताईन । यस बिषयमा मेयर किरण सिंह र नगर शिक्षा फाटका प्रमुख हरि प्रसाद ज्ञवालीलाई समेत ध्यानकर्षण गराइएको थियो । प्रमुख ज्ञवालीले आफुले सहजकर्ताको पारिश्रमिक ७ हजार नै थप्न आग्रह गरेको बताए । उनले जन प्रतिनिधिहरुले मात्र ४ हजार बढाएको बताए । जिल्लामा समुदाय र बिद्यालय केन्द्रित गरी नगरमा ९३ जना सहकर्ताहरु छन ।