Connect with us
Kapilvast Forest

कोरोनाबाट हुम्लामा तेस्रो व्यक्तिको मृत्यु

२०७८, १९ असार शनिबारमा प्रकाशित

corona

हुम्ला- कोरोना संक्रमणबाट लामो समय ग्रीनजोन रहेको हुम्ला जिल्लामा अर्का एक जना पुरुषको मृत्यु भएको छ । ज्वरो आएर बिरामी भई मृत्यु भएको र उहाँको मृत्युपछि एन्टिजिन किटबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

सिमकोट गाउँपालिका वडा नम्बर २ का एक जना वृद्ध व्यक्तिको कोरोनाबाट मृत्यु भएको जिल्ला अस्पतालका स्वास्थ्यकर्मी प्रजित बोहराले बताउनुभयो । ज्वरो आएर बिरामी भई मृत्यु पश्चात स्वास्थ्यकर्मीले कोरोना परिक्षण गर्दा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । अर्का एक जना ज्वरो आएरै मृत्यु भएका व्यक्तिको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मृतकको लास दाहसंस्कार गर्न कर्णाली नदीको खार्पुमा मलामीले लिएर जानु भएको छ । मलामी र मृतकका घरपरिवारको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । यसअघि चंखेली गाउँपालिकामा पनि एक जनाको मृत्यु भएको थियो ।

गत जेठ २० गते कोरोना संङ्क्रमित सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५७ वर्षका पुरुषको उपचार गर्न जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको थियो । उनी जिल्लामा कोरोनाबाट पहिलो मृत्यु भएको थियो । अब हुम्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj