संचार विधेयकका विरुद्ध :लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा महासघंले ज्ञापन पत्र बुझाउने
बुटवल – लुम्बिनी प्रदेश सरकारले संसदमा पढाएको संचार विधेयक स्वतन्त्रप्रेस विरोधीरहेको भन्दै पुर्नलेखनका लागि नेपाल पत्रकार महासघले आन्दोलन शुरु गरेको छ । सरोकारवाला पक्षसंग गहन छलफल नगरी निरकंशशैलीको संचार विधेयक अघि बढााएको भन्दै महासघले पहिलो चरणको आन्दोलन शुरु गरेको हो । यस अघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेरै विधेयक पुर्नलेखनको वातावरण अघि बढाउन माग गरेपनि सुनुवाई नभएपछि आन्दोलनको तयारीमा लागेको महासघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले बताउनुभयो ।
उहाँले संवैधानिक हकअधिकारसमेत कुण्ठित गर्ने गरि कानुन निमार्णको प्रयास भएकोले त्यसका विरुद्ध महासघ आन्दोलनमा जानुको विकल्पन भएको बताउनुभयो । उहाँले भन्ुभयो – पत्रकारहरुकै कलम रोक्ने आशयले विधेयक आएको महसुस भएको छ, त्यसकारण यो खारेज गरेर पुर्नलेखनको वातावरणका लागि हाम्रो आन्दोलन हो । समाचार लेखेकै भरमा जेल संजाय देखि डण्डजरीवाना राखेर शाही सासनको झल्को दिने गरि कानुन निमार्णको प्रयास गर्नु गंभिर आपत्तीको विषय भएकोले यसका विरुद्ध आवाज उठान सम्वध सबैलाई गिरीले अपिल गनुृ भयो ।
पत्रकार महासघ लुम्बिनी प्रदेश समितिको आहवानमा आईतवार प्रदेशका १२ जिल्लामै विरोधका कार्यक्रम शुरु हुने भएका छन् । पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री शंकर पोख्रेललाई विरोधस्वरुप ज्ञापन पत्र बुझाईने महासघका महासचिव विक्रम खड्काले बताउनुभयो । उहाँका अनुशार आईतवार ११ वजे ११ जिल्लामा पत्रकार महासघ जिल्ला शाखाको नेतृत्वमा र रुकुम पुर्वमा त्यहां रहेका पत्रकार सम्वध संघ संगठनका प्रमुखहरुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईने छ । रुपन्देही जिल्ला शाखाले भने मुख्यमन्त्री पोख्रेललाई नै ज्ञापन पत्र बुझाउने भएको छ ।
कार्यक्रममा सहभागि हुन महासघले जिल्लाका अगुवा पत्रकाहरु, संघ संगठनका प्रतिनिधीहरु र आम संचारकर्मीहरुलाई आग्रह गरेको छ । पहिलो चरणको कार्यक्रमपछि पनि सराकारले संवेदशिलता नदेखाएमा त्यसका विरुघ अझै कडा खालका आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने महासंघको तयारी रहेको छ । प्रदेश सरकारले तयार गरेको संचार माध्यम सम्वन्धी उक्त विधेयक प्रदेश सभामा पढाएको छ ।
जसमा गंभिर खालका व्यवस्थाहरु राखिएको भन्दै सर्वत्र आलोचना भैरहेको छ । पत्रकारहरुलाई कानुनको डण्डा देखाएर स्वार्थपुर्तिको सपना कसैले देखेको भए त्यो पुरा नहुने नेपाल पत्रकार महासघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले बताउनुभयो । लुम्बिनीको संचार विधेयकका विषयमा नेपाल पत्रकार महासघ निकै गंभिर रहेको भन्दै त्यसका विरुद्ध आन्दोलनको विकल्प नभएको बताउनुभयो । यो विषयमा नेपाल पत्रकार महासघ लुम्बिनीले पटक पटक सरोकारवालाहरुसंग भर्चुवल र भौतिक रुपमै पनि कार्यक्रम चलाउदै आएको छ ।